
Ksbus
Lnp
Msbus
Ggp
Sdc
Ksbus
Asbus
Ggp
Rgp


काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखा परेकोे छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ’यूके भेरिएन्ट’ को संक्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनु भयो ।
त्यस्तै ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा. पौडेलले बताउनु भएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ । कोरोनाको नयाँ प्रजाति अहिलेसम्म खतरनाक नदेखिएकाले नआत्तिन पनि निर्देशक पौडेलले जानकारी दिनु भयो ।
यस्तै अहिले नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तथा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको संख्यासमेत घटेकाले आत्तिनु नपर्ने उहाँको भनाइ छ ।
