
Djs
Rgp1
Lnp
Rgp
Ggp
sbs
cjs
Pbu
Pes
Srbpu
Sgr
Gfs
Unsku
pku

Ggd
Gst
Wsp
Rgu
Sls
nsb
Tsm
Rgu
Pvg
Asm
Rsb
Ssm
Vor
Hal
Bbbpu
Ksm
Rgs
Sbs
Bbu

Rpp
Jmb
bbt
Gsb
Mks
Rmb
Bml
Ptm
Abd
Jmb
sab
Syp
Pls
काठमाडौं । सर्वोच्च अदालतको परमादेश पछि जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनामाथि गौर हत्याकाण्डमा अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
पीडितले दिएको जाहेरी तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अनुसार उनीहरुमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो ।
त्यस्तै २०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए ।
तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन पारेर २०६३ चैत ७ मा रौतहटको गौरस्थित राइस मिलमा कार्यक्रम राख्दा झडप भएको थियो । घटनामा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।
त्यस्तै २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, मधेश प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत १ सय १३ जना जोडिएका छन् ।
