
ksb
Pbu
Asb
Rgp
Usb
Rgp
Lnp
Dbs
Ggp
Dus
lnp
Rgp
Rgp
Lks
Sgp
Jns
Ggp


दाङ । देउखुरीको लमही नगर पालिका वडा नम्बर १ नर्तिमा रहेको नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।
नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष क्वारी विकको अध्यक्षता एवं खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेलेले खानेपानीमा शुद्धता,उपभोक्ता समिति र समुदायहरुसंग सहकार्य गरेर साथ सहयोग र सुझाबको अपेक्षा रहेको बताएका छन् । कार्यक्रममा भरत पाण्डे,जंगवहादुर चौधरी,नुमराज पौडेल, खगेश्वर खनाल,पत्रकार केपि घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सो कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका सचिव हरि पौडेलले गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लाल बहादुर पुनले प्रस्तुत गरेका थिए ।
लोकराज सेडाइको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिका खानेपानी महासंघका अध्यक्ष पदम योगी,निवर्तमान वडा अध्यक्ष नुमराज पौडेल,देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खगेस्वर खनाल, प्रगतिनगर खानेपानीका अध्यक्ष भरत पाण्डे, सुर्यविनायक माध्यामिक विद्यालयका कार्यबाहक प्र.अ कृष्ण कुमार चौधरी,बुद्धिजीवी, संघ संस्थाका प्रतिनिधि,उपभोक्ता तथा पत्रकारहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने कार्यक्रमको संञ्चालन संस्थाका सचिव हरि पौडेलले गरेका थिए ।
