
Asb
Lks
Rgp
Pbu
lnp
Usb
Rgp
Dbs
ksb
Sgp
Lnp
Dus
Jns
Rgp
Rgp
Ggp
Ggp


दाङ । प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारा पानीमा शुक्रबार भोलि करोड दीप प्रज्वलन हुने भएको छ ।
साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघि, भक्तजन र मन्दिर व्यवस्थापन समितिको तर्फबाट करोड दीप प्रज्वलन थालिएको हो ।
दिउँसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका माध्यमबाट बेलुकी साढे ६ बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दीप प्रज्वलन कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए । सामूहिक दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन आज अपराह्न ४ बजेसम्म मन्दिरमा भक्तिपत्र बुझाइसक्नुपर्ने जानकारी पनि दिइएको छ । मन्दिरको प्रचार-प्रसार र धार्मिक जागरणका लागि आयोजना गरिएको शिवपुराण एवं श्रींगारिक महाआरतीमा हालसम्म ६६ जनाले आरती, १० जनाले रुद्राभिषेक, १५ जनाले लाखबत्ती बाल्ने, साथै १४ जनाले ब्राह्मण भोजन तथा प्रसादी वितरणमा सहभागिता जनाइसकेका छन् ।
विश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम धारापानीमा हुने करोड दीप प्रज्वलनमा सहभागी हुन सबै भक्तजनलाई आग्रह गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णु राम आचार्यले एक विज्ञप्ति जारी गर्दै, मन्दिरले तेस्रो वर्ष आयोजना गरेको शिवपुराण एवं श्रींगारिक महाआरतीअन्तर्गत हुने करोड दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन भक्तजनलाई अनुरोध गरेका छन् । करोड दीप प्रज्वलनपछि श्रींगारिक महाआरती, विभिन्न सांस्कृतिक झाँकी तथा अन्य कार्यक्रम आयोजना हुने समितिका सचिव विष्णु राम आचार्यले जानकारी दिए ।
