Sidha Patra बिहिबार, साउन २९, २०८२

दाङ । देउखुरी उद्योग बाणिज्य संघले विभिन्न उद्योग तथा व्यवसायी कर्मीसंग शुक्रबार छलफल एवम् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

संघले सधै चाडबाड नजिकिँदै गर्दा उद्योग तथा ब्यबसायहरुमा अनुगमन गर्ने र अनुगमनका क्रममा गुणस्तरहिन सामानहरु फेला परेको खण्डमा जफत गरि विभिन्न किसिमका कारबाही गर्ने कार्यहरु गर्दै आएको उदाहरण थुप्रै भेटिन्छन् । तर अबभने ब्यबसायीलाई यस किसिमको समस्याबाट मुक्त बनाउन संघले छलफल तथा अन्तरक्रियाको आयोजना गर्ने भएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजको टोलीलाई लमही बोलाएर व्यवसायी कर्मीहरुसंग व्यापक छलफल चलाउने भएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिए । अध्यक्ष ठकुरीका अनुसार देउखुरी उद्योग बाणिज्य संघसंग आवद्ध साना तथा मझौला सम्पूर्ण व्यापारी,उद्योग,होटेल लगायत विभिन्न व्यवसायी कर्मीहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रम यहीँ श्रावण ३० गते शुक्रबार भोलि दिउसो १:०० बजे होटल आश्रय प्रालि लमहीमा हुने भएको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई उपस्थितिकाे लागि देउखुरी उद्योग बाणिज्य संघ लमहीले अनुरोध समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]