
sbs
Sgr
Rgp
Gfs
Rgp1
Srbpu
Unsku
Djs
Ggp
Pbu
cjs
Lnp
Pes
pku

Ksm
Rgu
Hal
Rgs
Wsp
nsb
Bbbpu
Ssm
Gst
Ggd
Sbs
Tsm
Pvg
Sls
Rgu
Vor
Bbu
Asm
Rsb

Syp
Rpp
Jmb
Bml
Gsb
bbt
Jmb
Ptm
Rmb
Mks
Abd
sab
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका वडा नम्बर ५,सिसहनियाँ खुल्ला रक्तदान सँगै नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
२६ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा चेम्बरले शिविर सञ्चालन गरेको हो । पैसा अभावका कारण उपचार गराउन नसक्ने अवस्था भएका गरिव तथा विपन्न नागरिकहरुलाई लक्षित गरि शिविर सञ्चालन गरेको युवा चेम्बर अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराईले जानकारी दिए ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा आध्या मेडिकल हल सिसहनियाँ र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरबाट २ सय ३० जना बिरामीहरूले सेवा लिएका थिए । जसमा नशा तथा हाडजोर्नीका समस्या भएका १ सय ४० जना बिरामी र महिला समस्या भएका ९० जना बिरामीले सेवा लिएका थिए । शिविरमा विभिन्न क्षेत्रका २४ जनाले रगत दान गरेका थिए ।
शिविरको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए । शिविर उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले रगत अभाव भइरहेका बेला युवा चेम्बरले अनुकरणीय काम गरेको बताए । अध्यक्ष विष्टले सरकारले केही गरेन भन्नेहरुलाई निजी संस्थाले समेत साथ र सहयोग गरेको बताए । युवा चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष पदम परियारको स्वागत मन्तव्यबाट सुरु भएको शिविर उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गाैतम, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य शिविरमा नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. निरज केसी र महिला रोग विशेषज्ञ डा. विनय पाण्डे र स्वास्थ्यकर्मीहरु सुदन घिमिरे, शान्ता खनाले सेवा दिएका थिए । भने रक्तदान तर्फ रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख सिमा वली र प्राविधिकहरु विष्णा पोख्रेल, झरना चाैधरीले सेवा दिएका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

