
Sgp
Rgp
Asb
Rgp
Pbu
Dus
ksb
Dbs
Rgp
Ggp
Lnp
Jns
Ggp
Lks
Rgp
lnp
Usb


दाङ । गढवा गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ डाँडागाउँ लगायतका वस्तिमा बर्षौ–बर्षदेखि बसोवास गर्दै आएका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता रभूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर २ का ९ जना नागरिकहरुलाई लालपूर्जा वितरण गरिएको हो ।
सधैभरी लालपूर्जा पाउने आशा देखाइरहने तर पूर्जा नदिने गर्दा हुक्क भएका नागरिकहरुलाई कार्यक्रममा बोलाएर स्थानीय सरकारले जग्गाको लालपूर्जा दिँदा गढवा २ का स्थानीय नागरिकहरु खुसी भएका छन् । यत्तिछोटो समयमा लालपूर्जा पाइएला भन्ने त आशा नै थिएन । छोरा नातिकको पालासम्म आइहाल्छ कि भन्ने कल्पना गरेको थिए । आज बाजेको पालादेखि जोतभोग गर्दै आएको जग्गाको लालपूर्जा पाउँदा अत्ति नै खुसी लागेको छ– गढवा गाउँपालिका वडा नम्बर २ डाडाँगाउँका बिच्छु कामीले भने ।
गढवा-२,डाडाँगाउँका पवित्रा शाह र पदम प्रसाद शाहले पनि सोहि कार्यक्रममा १६२२.४६ वर्गमिटर क्षेत्रफल भएको जग्गाको लालपूर्जा पाउँदा हौसिए । त्यस्तै गढवा २ बस्ने सुइटि बिश्वकर्माले पनि बाजेको पालादेखि जोतभोग गर्दै आएको जग्गाको लालपूर्जा पाउँदा खुसीका आँशु पिलपिल पार्दै भने–नेताहरुले चुनाव आउँदा पूर्जा दिन्छौं भनेर ढाट्थे, पूर्जा माग्दा–माग्दै बुढो हुन थालियो, यसरी पूर्जा पाइएला भनेर पत्याएकै थिइन, पूर्जा पाउँदा खुसीको सिमा नै रहेन–उनले भने ।
शुक्रवार बिच्छु,पदम र सुइटी जस्तै गढवा २ का ९ जनाले लामो समयदेखि आफूले खानजोत गर्दै आएको जग्गाको लालपूर्जा पाउँदा खुसी भएका छन् । लालपूर्जा नहुँदा बैंकबाट लोन खान र बिजुली वत्ति बाल्न समेत कठिन भएको र पैसा आवश्यक पर्दा गाउँसमाज बाट समेत अपहेलित हुनु परेका गढवा २ निवासी मंगलप्रसाद चौधरीले दुखेसो पोखे । पूर्जा पाइयो अब त आनन्दको निद्रा लाग्छ चौधरीले भने ।
शुक्रवार गढवा गाउँपालिकामा आयोजना गरिएको पूर्जा वितरण कार्यक्रममा गढवा २ का मंगलप्रसाद चौधरीले १०८६.०५वर्गमिटर,रामबहादुर चौधरीले ५४३.५ वर्गमिटर, हिरालाल बिकले १९९६.३८ वर्गमिटर,बिच्छु कामीले १२७५.४० वर्गमिटर, सुइटी बिश्वकर्माले १७४.५८ वर्गमिटर, पदम प्रसाद शाहले १६२२.४६ वर्गमिटर,सिता बैजाली घर्तिले १३३१.२६ वर्गमिटर,पूर्ण पुनमगरले ८७०.१४ वर्गमिटर र तारा पुन मगरले १९९७.०५ वर्गमिटर क्षेत्रफल भएका जग्गाहरुको लालपूर्जा पाएका छन् ।
त्यस्तै चालु आर्थिक बर्षमा नेपाल सरकारले ७७ वटै जिल्लामा कूल ५ लाख भूमिहिन सुकुम्वासी र भूमिहिन दलितहरुलाई लालपूर्जा वितरण गर्ने योजना अनुरुप सबै जिल्लाहरुमा तिब्रताका साथ काम गरिरहेको कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि रिजालले बताए । यो बर्ष ५ लाख भूमिहिन सुकुम्बासी र भूमिहिन दलितहरुलाई पूर्जा वितरण गरिने छ । भूमिहिन र सुकुम्बासीहरुलाई पूर्जा वितरण गर्ने प्रकृयामा केहि कानूनी जटिलताहरु आएका र त्यसलाई समाधान गर्न सरकारले भूमी सम्बन्धि ऐनलाई शंसोधन गरिसके पछि सो समस्याका कामलाई पनि अगाडी बढाउने उनले बताए ।
दाङ जिल्लाका केहि पालिकाहरुमा पहिलो चरणमा भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई पूर्जा वितरण गरिदै आएको र अधिकांश पालिकाहरुमा जग्गा नाप लगत अभिलेख तयार भई पूर्जा वितरणको अन्तिम तयारी भएकाले यो कामलाई निरन्तरता दिइने भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले बताए । गढवा गाउँपालिकामा भूमिहिन सुकुम्बासी र भूमिहिन दलितको संख्या १ हजार ३ सय रहेको र सबैलाई पूर्जा वितरण गर्न आवश्यक तयारीहरु गरिरहेको पालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए ।
त्यस्तै यस वाहेका झण्डै ६ हजारको हाराहारीमा अब्यवस्थित बसोवासीहरु रहेको तथ्यांक स्थानीय सरकारसंग आएको र धेरैजसो वडाहरुमा जग्गा नाप लगत तयार गरि निस्सा समेत प्राप्त गरिसकेको अध्यक्ष पोखे्रलले बताए । वन क्षेत्रहरुमा बसोवास गरेका भूमिहिन दलित र सुकुम्वासीहरुलाई तत्काल पूर्जा वितरण गर्न सरकारको कानूनी जटिलताका कारण नसकिएपनि सुरुवातमा सुद्ध ८ नम्बर ऐलानी लगायत समस्या नभएका स्थानमा बसोवास गरीरहेका नागरिकहरुलाई क्रमशः पूर्जा वितरणको कामलाई अगाडी बढाउने उनले बताए । आयोग बिघटन हुदाका वखत पनि आन्तरीक कामहरुलाई पालिकाले निरन्तर अगाडी बढाएकाले पनि अहिले पूर्जा वितरण अभियान सुरुवात गर्न सकिएको अध्यक्ष शर्माले भने ।
कार्यक्रममा जग्गा नाप लगतको कामदेखि हालसम्म खटेर बिभिन्न क्षेत्रका कामहरु गरेका ब्यक्तिवहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । बिशेष गरि गढवा गाउँपालिकामा २०७५ सालदेखि काम सुरुवात भएको र यस कार्यमा गढवा गाउँपालिका संगसंगै स्थानीय सहजिकरण समिति,आत्मनिर्भर सेवा केन्द्र र संयुक्त राष्ट्रसंघ मानव बसोवास सम्वन्धि कार्यक्रम(ग्ल्(ज्ब्द्यक्ष्त्ब्त्) लगायतका संस्थाहरुबाट प्राबिधिक सहयोग भएको थियो । गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको पूर्जा वितरण कार्यक्रमको सहजिकरण प्रशासन शाखाका प्रमुख पुनाराम शर्माले गरेका थिए ।

