
jsb
Csb
Ssb
Rsb
Tgp
Bsn
Usb
Ksb
Fmb
Rks
Ppu
Ssb
Ksb
Nsb
Gsb
Ksb

Gsb
Tsb
Hl1
Ssb
Usb

Nps
ptl
Rgu
दाङ । प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ वर्षपछि पक्राउ गरेको छ ।
गढवा गाउँपालिका वडा नम्बर ७,मानपुरकी ५० वर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० वर्ष कैद सजाय उहिंबेला तोकेको थियो ।
त्यस्तै उनले आफ्नो श्रिमानको जेठी श्रीमती बाटका छोरा ९ वर्षिय शरद शर्माको हत्या गरेकि थिईन । अदालतले पिडक शर्मालाई अनुसन्धान गरि २०६० साल असोज २६ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । फरार शर्मालाई प्रहरीले खोजी गर्दैजाँदा काठमाडौंमा लुकिछिपि बसेको सूचना पाएको थियो । ईलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी काठमाडौं नै पुगेर पक्राउ गरि ल्याएको गढवा प्रहरी प्रमुख डबलबहादुर बमले जानकारी दिए ।
यस्तै २०८२ साल साउन २० गते विहान साढे ८ बजे फरार शर्मालाई काठमाडौं महानगरपालिका वडा नम्बर-२६,नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार शर्मा आफ्ना छोरा केशबराज शर्मासँग काठमाडौं महानगरपालिका-९,गोंगबुमा बस्दै आएको खुलेको छ । उनी लुकिछिपी दाङ-काठमाण्डौं आउजाउ गरिरहने सूचना पाएपछि प्रहरी काठमाण्डौं नै पुगेको हो । ईलाका प्रहरी कार्यालय गढवाको कार्य क्षेत्रभित्र कुनैपनि अपराधका घटनाहरु हुन नदिन र भएकाहरुको फाईल रेकर्ड खोजेर कानुनी दायरामा ल्याउनेगरि काम तिब्र भईहेको प्रहरी प्रमुख बमले जनाएका छन् ।
