
Pbu
Unsku
Sgr
cjs
sbs
pku
Rgp1
Lnp
Ggp
Djs
Srbpu
Rgp
Gfs
Pes

Ksm
Sbs
Tsm
Ggd
Rgu
Ssm
Sls
Pvg
Rgs
Bbbpu
Asm
Rsb
Hal
Bbu
Gst
Wsp
nsb
Rgu
Vor

Mks
Gsb
Rmb
Jmb
Rpp
Abd
Pls
Ptm
Jmb
Syp
Bml
sab
bbt
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको शपथ लिएका लामा ३७४ दिन मुख्यमन्त्रीमा बने ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले शक्ति केन्द्र र स्वार्थ समूहको इशारामा चल्न नसकेका कारण राजीनामा दिनुपर्ने अवस्था आएको बताए । उनले संविधानत आफूले राजीनामा दिनुपर्ने अवस्था नरहेको भन्दै आगामी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो तर पार्टीभित्रको बृहत्तर छलफल पश्चात् राजनीतिमा विधि,पद्धति,मूल्य मान्यता स्थापित गर्नु उचित ठानेको छु । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले दलभित्रको पछिल्लो विकसित घटनाक्रमलाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्ने गरी मार्ग प्रशस्त गर्न आग्रह गरेकोले पार्टीको एउटा इमानदार सिपाहीको हैसियतले सभापतिको आग्रहलाई शिरोधार्य गर्दै आज नै मुख्यमन्त्री पदबाट राजीनामा दिएको छुँ।’
उनले आफ्नो नेतृत्वको सरकारलेबाट बागमती प्रदेशमा प्रणाली स्थापना गर्न र सुशासन कायम गर्न सफल भएको भन्दै विकास आयोजना कार्यान्वयनमा क्षमता अभिवृद्धि भएको तथ्य र तथ्याङ्कबाट पुष्टि भएको बताए । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामामाथि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब परेको थियो।
मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग संसदीय दलको नेतामा पराजित भएका थिए । लामाले आफू संविधानको संविधानको धारा १६८(२) अनुसार बनेकोले संसदीय दलको नेतामा पराजित भएपनि सरकारबाट राजीनामा दिन नपर्ने बताउँदै आएका थिए । संविधानको धारा १६८(२) दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था रहेको छ। उता संसदीय दलका नेता बानियाँले संसदीय दलको नेताको हैसियत गुमाइसकेकोले मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका थिए ।
