
Pbu
Rgp
Ggp
Lks
Rgp
Lnp
ksb
Ggp
Rgp
Dbs
Rgp
Asb
lnp
Jns
Sgp
Usb
Dus


दाङ । देउखुरीको कोइलाबासमा स्थानीय सरकारको पहलमा शुक्रवारदेखि देउखुरीका किसानहरुले उत्पादन गरेको स्थानीय तरकारी बजारको सुभारम्भ गरिएको छ ।
गढवा गाउँपालिकाको भिटा परियोजनाद्वारा सञ्चालित सामाजिक महिला उद्यमी सहकारी संस्थाको आयोजना तथा गढवा उद्योग बाणिज्य संघसंगको समन्वयमा एक कार्यक्रमको आयोजना गरि सहकारी तरकारी बजार सञ्चालनमा ल्याइएको र अबका दिनमा नियमित रुपमा बुधवार र आइतवार गरि हप्तामा २ दिन कोइलाबासमा नियमित तरकारी बजार सञ्चालन गरिने भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्माले जानकारी दिए । शुक्रवार कोइलाबासका नागरिकहरु तरकारी किन्न भारत धाउनुपर्ने समस्याबाट मुक्त भएपछि खुसी भएको बताएका छन् ।
शुक्रवार गढवा गाउँपालिका वडा नम्बर ८ नाका निवासी रामबहादुर थापा लौरो टेकेर र झोला बोकेर दुध र तरकारी किन्न कोइलाबास आइपुगे । स्थानीय सरकारको पहलमा सुरु गरिएको तरकारी बजारबाट उनले ६ लिटर दुध र आवश्यक तरकारी किने । दुध तथा तरकारी किन्न कि त गढवा जानु पर्दथ्यो कि भारतको वालापुर र तुलसीपुर । हाम्रो समस्यालाई सरकारले संबोधन गरेकोमा औधि खुसी लागेको उनले बताए ।
गढवा ८ डाँडागाउँ निवासी पिउमाली घर्ती पनि कोइलाबासमा सुरु भएको तरकारी बजारमा आएर १ बोरा प्याज र हप्तादिनलाई पुग्ने तरकारीहरु खरिद गरे । सधैभरी भरतको बिषदी हालेको तरकारी खाँदा हैरान थियौं,अब नेपालकै अग्यानीक तरकारी खान पाइने भएकोमा खुसी लागेको छ–घर्तीले भने । उनि जस्तै कविता शर्मा घिमिरेले हाम्रो यो समस्या सरकारले बुझेर कोइलाबासमा तरकारी बजार सुरु गरेपछि औधि खुसी लागेको बताए । तरकारी किन्न हरेक हप्ताको आइतवार कुर्नुपर्ने त्यो पनि भारतिय एसएसबिले झन्जट दिने निकै सास्ती थियो अब कोइलाबासमा निरन्तर रुपमा यस्तै तरकारी बजार सञ्चालन होस–घिमिरेले भने । नेपालको तरकारी भारतको भन्दा सस्तो र ताजा छ, यो अभियानललाई स्थानीय सरकारले निरन्तरता दिओस –कोइलावासका नागरिक रवि लामाले भने ।
तरकारी खरिद गर्न १ हप्ता कुनुपर्ने समस्याको दिर्घकालिन समाधान तर्फ स्थानीय सरकार नागरिकहरु प्रति उत्तरदायि भएर ताजा नेपाली तरकारीको बजार सुरुवात गरेकोमा खुसी लागेको र यसले निरन्तरता पाउनुपर्ने गढवा ८ का पूर्व वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताए ।
तरकारी तथा दुग्ध बजारले निरन्तरता पाउनेः
हामीले पालिकासंगको साझेदारीमा सञ्चालित भिटा परियोजनासंग सहकार्य गरि कोइलाबासका नागरिकहरुलाई आफ्नै देशको तरकारी खाने दिर्घकालिन ब्यवस्थापनको सुरुवात गरिएको र यसलाई निरन्तरता दिने गढवा ८ का वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकीले बताए ।
यस क्षेत्रमा रहेका नागरिकहरुलाई नेपालकै तरकारी, खाद्यान्न र दुग्धजन्य पदार्थ एवं माछा–मासुको समेत सहज आपूर्तिका लागि स्थानीय सरकार र भिटा परियोजनासंग समन्वय सहकार्य गरि दिर्घकालिन रुपमा कृषि हाटबजार सञ्चालन गर्न गढवा उद्योग बाणिज्य संघ सधैव तयार रहेको अध्यक्ष ओंम प्रकाश बसेलले बताए ।
हेफर परियोजना र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता परियोजनाद्धारा गठित सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट स्थानीय सरकारसंग साझेदारी गर्दै सबै वडाका कृषि र पशुजन्य उत्पादनको बजारीकरण गर्ने दिगो लक्ष्य रहेको भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्माले बताए ।
गढवाका आठवटै वडाहरुमा कृषि र पशुमा आधारित धेरै कामहरु गरिदै आएको र पछिल्लो चरणमा दुग्ध संकलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा ल्याइएको,२ हजार लिटर दुध अटाउने चिलिङ भ्याट जडान गरिएको र दैनिक रुपमा किसानहरुबाट दुध खरिद गरि उचित मुल्य प्रदान गर्न थालिएको संयोजक बसन्त कुमार शर्माले बताए ।
त्यस्तै किसानहरुले उत्पादन गरेका तरकारी,खसीबोका तथा खाद्यान्न समेत उचित मुल्यमा बजारीकरणको ब्यवस्थापन गरिदै आएको र यसले निरन्तरता पाउने कुरामा ढुक्क हुन शर्माले आम नागरिकहरुलाई आग्रह गरे ।
