Sidha Patra आइतबार, साउन ११, २०८२

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर –२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन ।

साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो । शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भएपनि अहिलेसम्म पनि घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । २०७५ सालमा भएको घटनामा अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीका छुट्टाछुट्टै समिति समेत गठन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताए । अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डीएनए परीक्षण गरिएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ । सीआईबीबाट १० वटा टोलीले अनुसन्धान गरिसकेको छ । निर्मलाका आमाबुवाले महेन्द्रनगरदेखि काठमाण्डौसम्म धाएका भएपनि न्याय अहिलेसम्म पाउन सकेका छैनन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]