
Sdc
Lnp
Asbus
Ksbus
Ksbus
Ggp
Rgp
Ggp
Msbus


रौतहट । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरुलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार साउनदेखि असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १ करोड,४७ लाख ३८ हजार राजश्व सङ्कलन गरिएको हो ।
त्यस्तै मासिक हिसाबमा औसत १ हजार ३५० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्, जुन ट्राफिक नियम उल्लङ्घनको गम्भीरता र व्यापकता देखाउँछ । यो तथ्याङ्कले ट्राफिक सचेतना र नियम पालना गराउने आवश्यकता अझै बढेको देखाउँछ।
यस्तै सोही अवधिमा,रौतहट जिल्लाभर ८०८ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनाहरूमा ६६ जनाले ज्यान गुमाएका छन् भने ९२ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको सङ्ख्या १ हजार १८४ रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बढ्दो दुर्घटनालाई न्यून गर्न गत आर्थिक वर्षमा ४ हजार २०९ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। ती कार्यक्रमबाट ८८ हजार ३९ जनाले प्रत्यक्ष लाभ लिएका छन्,जसमा सवारी चालक,यात्री तथा सर्वसाधारण सहभागी रहेका थिए।
