
Gsl
Bs1
Pbu


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने आफ्नो निर्णयबाट विचलित नहुने बताएकी छन् ।
त्यस्तै उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णयबाट आफू विचलित नहुने बताएकी हुन् । उनले पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी निर्माणमा सक्रिय हुन आह्वानसमेत गरेकी छन्।
यस्तै नेकपा एमालेले उनलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा प्रष्ट रुपमा आज सार्वजनिक गरेकी हुन्।
