
Pes
Rgp
Lnp
pku
cjs
sbs
Ggp
Sgr
Gfs
Srbpu
Pbu
Unsku
Rgp1
Djs

Rsb
Sls
nsb
Rgu
Asm
Pvg
Vor
Ssm
Wsp
Bbu
Ksm
Hal
Gst
Rgs
Tsm
Sbs
Rgu
Ggd
Bbbpu

Rmb
Abd
Syp
Pls
Gsb
bbt
Bml
sab
Rpp
Mks
Jmb
Jmb
Ptm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
त्यस्तै सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विनिता कठायतलाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरुको माग अनुरुप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवल शमशेर राणालाई बोल्ने समय दिए। उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरुले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरुको विरोध जारी रहने बताए । दुवै दलका सांसदहरु बोलेपछि आज पनि दुवै पार्टीका सांसदहरु सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
