
Rgp1
Sds
Lnp
Sgr
Rmb
Cps
Pes
Djs
pku
sbs
Unsku
Srbpu
Gfs
Pbu
Rgp
Rgp
Ggp
Gis
cjs

Ggd
Wsp
Rgs
Rsb
Sbs
Rgu
Bbu
Tsm
Hal
Sls
Gst
Vor
Rgu
Pvg
nsb
Bbbpu
Ssm
Ksm
Asm

sab
Abd
Jmb
Pls
Rmb
Syp
Mks
Rpp
Jmb
Bml
Gsb
Ptm
bbt
गोरखा । भीमसेन थापा गाउँपालिकाको गाउँ कार्यपालिकाका सदस्यहरुले बिहीबार बोलाएको बैठक बहिस्कार गरेका छन् । बिहीबार ११ बजे बोलाइएको बैठकमा कार्यपालिकाका सदस्यहरु कोही पनि नगएको बुझिएको छ ।
सो गाउँपालिकाका प्रशासकीय प्रमुख कृष्ण थापा कार्यशैली र व्यवहारका कारण बैठक बहिस्कार गरेको कार्यपालिकाका सदस्यहरुले बताएका छन् । ‘प्रशासकीय प्रमुखले हामी वडाध्यक्षहरुलाई मानमर्दन गर्दै आउनुभएको छ,वडा नम्बर ३ का अध्यक्ष लिलानाथ लामिछानेले भन्नू भयो ।उहाँले अधिकृत भएको साह्रै घमण्ड देखाउनु भयो,त्यही घमण्डका कारण हामी सबै मिलेर बैठकमा नजाने सल्लाह गरेका हौं ।
यस्तै केही दिनअघि गाउँपालिकाले राखेको हाते ट्याक्टर वितरण कार्यक्रममा पनि प्रशासकीय प्रमुखले वडाध्यक्षहरुको अपमान गरेको उहाँले बताउनु भयो। ‘त्यही कार्यक्रममा पनि हामीले असन्तुष्टी जनाउँदै केही कुराहरु राखेका थियौं,तर उहाँको बानी अझै सुध्रिएन, त्यसैले अति भएर बैठक बहिष्कार गरेका हौं’उहाँले भन्नू भएको हो ।
प्रशासकीय अधिकृतले कार्यपालिकाका सदस्यलाई बेवास्ता गरी छलफल बिना एकलौटी निर्णय गर्ने गरेको वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले बताउनु भयो । प्रशासकीय अधिकृतले हामीलाई बेवास्ता गर्ने,अपमान गर्ने गर्दै आउनुभएको छ, त्यसैले हामी साथीहरु सल्लाह गरेर आजको बैठकमा सहभागी नभएका हौं,उहाँले भन्नु भयो ।
त्यस्तै कर्मचारीले जनप्रतिनिधिलाई हेपाहा ब्यवहार देखाएको वडाध्यक्षहरुको भनाइ छ । कार्यपालिकामा छलफल नगरी एकपक्षीय निर्णयहरु हुन थाले,कर्मचारीले जनप्रतिनिधिहरुको स्थान राख्ने काम नगरेका कारण कार्यपालिकाको बैठकको औचित्य छैन भनेर हामीले बहिष्कार गरेका हौ,नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भन्नु भयो ।
त्यसैगरी सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताउनु भयो । उहाँहरु नआउने भन्ने कुरा आज बिहान दश बजेतिर मात्र थाहा भयो,कुरा बुझ्दा प्रमुख प्रशासकीय अधिकृतसँग असन्तुष्टी रहेछ,के असन्तुष्टी हो बुझेर छिटै अर्काे बैठक बोलाउछु,उहाँले भन्नु भयो ।
त्यस्तै गाउँपालिकाको आवधिक योजनाको समीक्षा तथा विविध बिषयको छलफलका लागि बिहीबार कार्यपालिकाको बैठक बोलाइएको थियो ।
