
Lnp
Lks
Rgp
ksb
Ggp
Dus
Rgp
Ggp
Asb
Rgp
Jns
Dbs
Usb
Rgp
lnp
Sgp
Pbu


दाङ । हिन्दूधर्म संस्कृति संरक्षण तथा धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले देउखुरीमा बोलबम कार्यक्रम सोमबारबाट सुरु भएको छ ।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५,पहरुवामा रहेको प्रसिद्ध धार्मिक स्थल शिवसवरीधामको आयोजनामा सुरु भएको बोलबम कार्यक्रममा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
धार्मिक आस्थाको प्रतीकस्वरुप सञ्चालनमा आएको बोलबम कार्यक्रममा शिवभक्तहरुले गंगा स्नान गरी ‘बोलबम, हर हर महादेव’ लगायतका नारा सहित शिवसवरीधामको परिक्रमा गरेका थिए । कार्यक्रम अन्तर्गत शिवसवरीधामको दक्षिण भागमा अवस्थित सागरगंगा जलाशयमा स्नान गरेर भक्तहरुले त्यसै जललाई कलशमा भरेर शिव मन्दिरसम्म यात्रा गरेका थिए । धार्मिक वातावरणमा भक्तिभाव सहित गरिएको जलयात्रा पछि धामको परिक्रमा गरियो । परिक्रमा सकेपछि भजन–कीर्तन, आरती तथा धार्मिक प्रवचन समेत सञ्चालन गरियो, जसले कार्यक्रममा थप भक्ति र ऊर्जा थपेको थियो ।
शिवभक्तहरु पहिलो बस्त्रमा सजिएर यात्रा तय गर्दै धाम परिसर पुग्दा सिङ्गो वातावरण शिवमय बनेको थियो । धार्मिक गीत र हरहर महादेवको जयघोषले धाम परिसर उत्साह र आस्थाले गुञ्जायमान भएको थियो । कार्यक्रममा सहभागी भएका श्रद्धालुहरुले यो कार्यक्रमले समाजमा धार्मिक संस्कारको पुनर्जागरण हुने विश्वास व्यक्त गरे । कार्यक्रमको प्रमुख उद्देश्य हिन्दू संस्कृतिमा प्रचलित परम्परालाई जीवित राख्नु, धार्मिक स्थलको प्रचारप्रसार गर्नु तथा युवा पुस्तालाई धर्म र संस्कृति प्रति अभिप्रेरित गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । घोराही उपमहानगरपालिका–९ का वडा अध्यक्ष चैतु कुमार चौधरी,धामकी गुरु शिवलक्ष्मी चौधरी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्ता,हिमालय टेलिभिजनका संसदीय ब्यूरो सन्तोष कुमार गुप्ता, सिधापत्र डटकमका सञ्चालक तथा प्रबन्ध निर्देशक मेगमन बुढा,सोही अनलाइनका सह-सम्पादक टेकेन्द्र वली,देउखुरी टुडे डटकमका पत्रकार मोतीराम भट्टराई,धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी,सदस्य किरण आचार्य लगायत धार्मिक श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको थियो ।
धामका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरीका अनुसार, “धार्मिक र आध्यात्मिक शक्तिले भरिपूर्ण शिवसवरीधामलाई अब राष्ट्रियस्तरको धार्मिक गन्तव्य बनाउने लक्ष्य लिएका छौँ ।” उनले धामको पूर्वाधार विकासमा स्थानीय,संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै सहयोगको आह्वान समेत गरे ।
धामकी गुरु शिवलक्ष्मी चौधरीले भने, “हामीले हाम्रो परम्परागत धार्मिक गतिविधि बिर्सन नहुने भएकाले वर्षेनी बोलबम कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ । यो कार्यक्रममा युवापुस्ता आकर्षित हुनु निकै सकारात्मक कुरा हो ।” यस्तै, सहभागी भक्तजनहरु भन्छन्, “हामीले यहाँ आएर गंगाजल बोकेर भगवान शिवको आराधना गर्न पाउनु निकै ठूलो सौभाग्य हो । यस्तो कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा दिन्छ ।” धार्मिक परम्परा र आस्था संरक्षणमा समर्पित शिवसवरीधामले यसपटकको बोलबम यात्रामार्फत धार्मिक पर्यटनको सम्भावना समेत उजागर गरेको छ । धाममा आउने भक्तजनहरुको सहजताका लागि थप संरचना निर्माण तथा व्यवस्थापन सुधारको आवश्यकता देखिएको छ ।
त्यस्तै शिवसवरीधाम परिसरलाई अझ व्यवस्थित र समृद्ध बनाउने लक्ष्य लिएको आयोजक समितिले अब प्रत्येक वर्ष श्रावण महिनाभर बोलबम कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
