Sidha Patra शुक्रबार, साउन ०२, २०८२

झापा । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले आफूले स्थानीय भानुभक्त खरेलको निर्देशनमा सो काम गरेको बताएका छन् । खरेल नेकपा एमालेका नेता हुन् । उनलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

यस्तै प्रहरीले घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल,ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ ।

त्यस्तै घटनाको प्रहरीले शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तर, कारोबारमा संलग्न मुख्य नाइके भनिएका भानुभक्त खरेल भने पक्राउ गर्न नसकेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । ‘उनको ९भानुभक्त खरेलको खोजी भइरहेको छ । अनुसन्धान गर्दै जाँदा उनीबाटै यो परिणामका लागू औषध भित्रिएको देखिन्छ,’ श्रेष्ठले भने, ‘अघि पत्रकार सम्मेलन गर्दासम्म को को संलग्न छन् भनेर भनिएको थिएन । अब लगभग उहाँको संलग्नता देखिएको छ । खुलेको अवस्था छ ।’

खरेल बिर्तामोडका औषधी व्यवसायी हुन् । उनले सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्छन् । उनी एमाले झापाका सक्रिय स्थानीय नेता पनि हुन् । प्रहरीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा मनकुमार संग्रौलाको घरमा छापा हानेर उक्त लागुऔषध बरामद गरेको थियो । घरको दुईवटा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरिएको थियो । प्रहरीले पक्राउ गरेको घिमिरेलाई मात्र सार्वजनिक गरेको छ । उक्त घर पनि खरेलले नै भाडामा लिएका थिए ।

त्यस्तै पक्राउ परेका घिमिरेले भने भरिया मात्रै भएको प्रहरीले जनाएको छ । ‘उनले खरेलले पठाएको ठाउँमा उक्त लागुऔषध पुर्‍याउने काम गर्थे । पक्राउ पर्नुभन्दा अघि घिमिरेले उक्त लागुऔषध भानुभक्त खरेलको भएको बताएको थिए,’ प्रहरी स्रोतले भन्यो ।

यस्तै ‘यो भानुभक्त खरेलको हो । म यहाँ नयाँ हुँ । कसले ल्याउँछ पनि मलाई थाहा छैन,’ घिमिरेले सञ्चारकर्मी सामु भनेका छन्, ‘अर्डर आउँछ अनि मलाई पुर्‍याइदिनु भनेपछि म पुर्‍याउनु भनेको ठाउँसम्म पुर्‍याउँछु । यो लागुऔषध भनेर मलाई थाहा छैन ।’रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]