Sidha Patra शुक्रबार, साउन ०२, २०८२

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका वडा नम्बर –३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो ।

त्यस्तै बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको अवस्थामा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमैको पनि स्थानीय अस्पतालमा उपचार जारी छ । रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]