
Usb
Rgp
Dus
Rgp
Ggp
Dbs
Ggp
Sgp
Lks
ksb
Lnp
Rgp
Asb
Jns
Pbu
lnp
Rgp


दाङ । दर्जनौ राँगाहरु खरिद गरेर पैसा नदिएर ठग्दै हिडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर –४ पर्सा निवासी ४४ वर्षका मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेना जानकारी दिए ।
प्रहरीले २ महिना लगाएर आरोपी मूसलमानलाई बुधबार पक्राउ गरेको हो । दंगिशरण गाउँपालिका–४ निवासी तेजमान चौधरी सहित ३ जनाको २ लाख ८० हजार मुल्यका ६ वटा राँगा २०८० माघ २३ गते उधारो लगेर वेपत्ता भएपछि पीडितले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिएका थिए । पीडित चौधरीले २०८१ मंसिर २१ गते मूसलमन विरुद्ध ठगि गरेको आरोपमा जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
जिल्ला प्रशासनको पत्र अनुसार जिल्ला प्रहरीले खोजविन सुरु गरेको थियो । चलनचल्तिको मूल्य भन्दा २/३ हजार मूल्य बढि भनेर ठगि गर्ने गरेको प्रहरीले बताएको छ । ‘चलनचल्तिको मूल्य भन्दा २/३ हजार मूल्य बढी भन्ने तर पैसा नदिने । अर्को पटक आएर दिन्छु भन्ने त्यसपछि देखा नपर्ने । दाङका धेरै ठाउँमा राँगा भैसी लिएर ठगि गरेको भन्ने कुराहरु आइरहेको छ । पीडितहरुलाई आएर जिप्रकामा निवेदन दिन समेत आग्रह गर्दछु ।’ प्रहरी उपरीक्षक तिमिल्सीनाले भने । मुसलमानले केहि वर्ष यतादेखि दाङका ग्रामिण वस्तीहरुमा पुगेर ढाँटछल गरि किसानहरुका राँगा,भैसी लगेर ठगि धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।
