
Rgp
Djs
Pbu
Ggp
Sgr
Lnp
Rgp1
pku
Pes
Srbpu
Unsku
cjs
sbs
Gfs

Rgs
Gst
Wsp
Rsb
Tsm
Hal
Bbu
Sbs
Ksm
Sls
Rgu
Rgu
Vor
Ssm
nsb
Asm
Pvg
Bbbpu
Ggd

Abd
Syp
bbt
sab
Gsb
Jmb
Ptm
Jmb
Mks
Pls
Rpp
Rmb
Bml
काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् ।
त्यस्तै सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो एक हप्तामा ९५ जनामा सङ्क्रमण देखिएको उल्लेख गरिएको छ ।
यस्तै,गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । जहाँ हालसम्म ४ सय ९५ जनामा डेंगु सङ्क्रमित भएका छन् । बागमती प्रदेश ४ सय ५४ जना सङ्क्रमित सहित दोस्रो स्थानमा छ ।
अन्य प्रदेशहरुमा कोशीमा ३ सय ७५, लुम्बिनीमा ३ सय ३२, सुदूरपश्चिममा २ सय ६६, मधेसमा ३८ र कर्णालीमा ३७ जनामा सङ्क्रमण देखिएको छ ।
