
Ggp
sbs
pku
Cps
Sgr
Pbu
Rgp1
Rmb
Rgp
Sds
Lnp
Pes
Gfs
Gis
Rgp
Unsku
cjs
Srbpu
Djs

Rsb
Tsm
Hal
Rgu
Sbs
Ssm
nsb
Rgs
Sls
Pvg
Asm
Gst
Bbu
Ggd
Bbbpu
Vor
Wsp
Rgu
Ksm

Bml
Syp
bbt
Rmb
Gsb
Jmb
sab
Ptm
Abd
Jmb
Pls
Mks
Rpp
वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । झडपमा २४ वर्षीय आयुषराय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । अहिले उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिनु भयो । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ ।
ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिनु भयो ।
यस्तै पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरिरहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।ट्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भंगहाका बासिन्दा खोलामा आई ट्याक्टर छुटाउन खोज्दा झडप भएको हो । त्यसैगरी भारतीयहरुले लाठि,भाठा,बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्याक्टर पनि भारतीयहरुले खोसेर लगेका छन् ।
ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । त्यस्तै भारतीय बालुवा तस्करसँग पटक-पटक विवाद र झडप भइसकेको छ । उत्खनन रोक्न खोज्दा भारतीयहरुले सुरक्षाकर्मीलाई नै कुटपिट गर्ने, हतियार खोस्ने जस्ता कार्यहरु गर्दै आएका छन् ।
