
Srbpu
pku
Unsku
sbs
Pbu
Djs
Rgp
cjs
Gfs
Pes
Lnp
Sgr
Ggp
Rgp1

Rgu
Gst
Bbbpu
nsb
Asm
Rgs
Rgu
Sls
Hal
Tsm
Ssm
Wsp
Sbs
Ksm
Vor
Pvg
Ggd
Rsb
Bbu

Ptm
Jmb
sab
Rpp
Rmb
bbt
Pls
Jmb
Bml
Gsb
Syp
Mks
Abd
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बैठक गर्दै छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘मन्त्रि परिषद्को बैठकपछि साँझ ७ बजे दुई दलका सभापतिसँग भेट्ने कार्यक्रम तय भएको छ । समसामयिक विषयमा छलफल हुन्छ,’ सञ्चार विज्ञ बजगाईंले रातोपाटीसँग भने ।
त्यस्तै भेटमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलिङको अडियो काण्ड, त्यही अडियो काण्डसँग जोडिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबारे छलफल हुने स्रोतले बतायो ।
त्यससँगै सरकारका एक वर्षको समीक्षा र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दियो ।जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर दिइरहेको धम्की तथा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले दुवै दललाई फकाएर आफूहरूसँग राख्न खोजिरहेका छन् ।
यस्तै यादव नेतृत्वको पार्टीलाई पनि मानेसम्म सरकारमा ल्याउने प्रयासमा ओली र देउवा रहेका उनीहरू निकट स्रोत बताउँछ । रातोपाटी
