Sidha Patra सोमबार, आषाढ २९, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बैठक गर्दै छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘मन्त्रि परिषद्को बैठकपछि साँझ ७ बजे दुई दलका सभापतिसँग भेट्ने कार्यक्रम तय भएको छ । समसामयिक विषयमा छलफल हुन्छ,’ सञ्चार विज्ञ बजगाईंले रातोपाटीसँग भने ।

त्यस्तै भेटमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलिङको अडियो काण्ड, त्यही अडियो काण्डसँग जोडिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबारे छलफल हुने स्रोतले बतायो ।

त्यससँगै सरकारका एक वर्षको समीक्षा र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दियो ।जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर दिइरहेको धम्की तथा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले दुवै दललाई फकाएर आफूहरूसँग राख्न खोजिरहेका छन् ।

यस्तै यादव नेतृत्वको पार्टीलाई पनि मानेसम्म सरकारमा ल्याउने प्रयासमा ओली र देउवा रहेका उनीहरू निकट स्रोत बताउँछ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]