
Rgp
Lks
Rgp
Asb
Ggp
Rgp
Rgp
Pbu
Jns
Dus
Sgp
lnp
ksb
Usb
Dbs
Lnp
Ggp


दाङ । पछिल्लो चरणमा सहकारीहरुमा देखिएको बिकृति विसंगतिलाई अन्त्य गर्न सहकारी ऐन र नियमावली बमोजिम सहकारीहरु सञ्चालन गर्नुपर्ने देउखुरीको राजपुरमा आयोजित एक कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले बताएकि छिन् ।
जसले सहकारी ऐन नियम र सिद्धान्तहरुलाई मिचेर जान्छ त्यो सहकारी डुब्यो भनेर जाने हुन्छ । कतिपय सहकारीहरु कर्मचारीको विश्वाँस गर्दा डुबेका छन् भने कतिपय सहकारीहरु सञ्चालक र कर्मचारी दुवै मिलेर डुबाएका र आफूपनि डुबेका छन्–कार्यक्रममा बोल्दै उपाध्यक्ष यादवले सहकारी सञ्चालकहरु चनाखो भएर सहकारी चलाउन आग्रह गरिन् ।
राजपुर गाउँपालिका सहकारी विकास शाखाको आयोजनामा पालिकाभरका सहकारी संस्थाहरुलाई २ दिने क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत गोपाल पौडेलले सहकारी डिभिजन कार्यालयहरु बन्द गर्ने अवधारणा पश्चात् नेपालका कतिपय सहकारीहरुमा बिकृति बिसंगति निम्तिएको र सहकारी क्षेत्र नै बदनाम गर्न खोजिएको बताए ।
सहकारीहरुको नियमन र अनुगमन गर्ने जिल्लाका कार्यालयहरु बन्द भै स्थानीय सरकारलाई सहकारी हेर्ने जिम्मा आएपछि परिस्थिती वदलिएको उनले बताए । सहकारी देशको अर्थतन्त्र थाम्ने एक बलियो माध्यम भएको अवस्थामा औंलामा गन्ने ४÷५ प्रतिशत सहकारीहरुमा देखिएको बिकृतिले देशभरका सहकारीहरुलाई हेर्ने दृष्टिकोण बदलिएको उनले बताए । सहकारी सञ्चालकहरुले ऐन,नियम र सहकारी सिद्धान्त बमोजिम काम गर्ने हो भने सहकारीहरु कहिल्यै गलत दिशामा नजाने सहकारी क्षेत्रमा दख्खल राख्नुहुने पौडेलले बताए ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवि यादवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रेवन्तबहादुर डाँगीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रशिक्षक गोपाल पौडेल,राजपुर गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत भरतमणि पोखे्रल,सहकारी तथा पशुपंक्षि र मत्स्य विकास शाखाका प्रमुख डा. दिपक नेपाली, कार्यपालिका सदस्य रिता बिक,महिला तथा वालवालीका शाखाका प्रमुख सुनिता चौधरी लगायतले बोलेका थिए ।
तालिममा सहकारीका सिद्धान्त, मूल्यमान्यता, शंसोधित ऐन नियमावली,कोपोमिन्स प्रणालीको ब्यवस्थापन,सहकारी विनियम,लेखा प्रणालीको चुस्तता,चारखाता,कोषको वर्गिकरण,लेखापरिक्षण प्रकृया र पल्स (उबचकि) का बारेमा बिस्तृत प्रस्तुति रहेको थियो । तालिमको प्रशिक्षकमा घरे्लु तथा साना उद्योग कार्यालय दाङका अधिकृत गोपाल पौडेल र राजपुर गाउँपालिका सहकारी शाखाका प्रमुख डा.दिपक नेपाली रहेका थिए । तालिममा राजपुर गाउँपालिकाका १२ सहकारीका सञ्चालकका २६ जना अगुवाहरुको सहभागिता रहेको थियो ।

