
Rgp
ksb
Usb
Rgp
Jns
Dbs
Sgp
lnp
Lnp
Rgp
Ggp
Dus
Lks
Asb
Pbu
Rgp
Ggp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाको न्यायिक समितिद्वारा आर्थिक वर्ष २०८१/०८२ मा ४७ वटा विवादहरू निरुपण गरिएको छ।
चालू आर्थिक वर्षको असार महिनासम्म समितिमा ५५ वटा विवाद दर्ता भएका थिए। तीमध्ये ४७ वटा विवाद निरुपण गरिएको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमलापति चौधरीले जानकारी दिए । उनका अनुसार ती विवादहरु मेलमिलापको माध्यमबाट समाधान गरिएका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष चौधरीको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितिमा वडा नं.३ की सदस्य ईश्वरी परियार र वडा नं.५ का सदस्य गोविन्द कुँवर क्षेत्री सदस्यका रूपमा रहनु भएको छ। यस्तै,अधिवक्ता हरि बेलबासेले विवाद निरुपणमा सहजीकरणको भूमिका निर्वाह गर्दै आएका छन् ।
दर्ता भएका विवादहरुमध्ये सबैभन्दा धेरै जग्गा साँधीसम्बन्धी रहेको उजुरी प्रशासक सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार ३१ वटा जग्गा साँधी,१२ वटा आर्थिक लेनदेन,५ वटा मानाचामल,५ वटा घरायसी तथा बाटो र कुलोसम्बन्धी एक÷एकवटा विवाद दर्ता भएका थिए।
त्यस्तै समितिमा दर्ता भएका अधिकांश विवाद ३५ दिनभित्र छलफल गरी निरुपण गरी कार्यान्वयनमा ल्याइसकिएको जनाइएको छ । यद्यपि,८ वटा विवाद अझै निरुपण गर्न बाँकी रहेको समितिले जनाएको छ।
