
Lks
Rgp
Rgp
Ggp
lnp
Jns
Sgp
Rgp
Dus
ksb
Ggp
Dbs
Usb
Lnp
Asb
Rgp


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव पार्वति मन्दिरमा आगामी श्रावण १ गतेदेखि महिना भर चल्ने शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना हुने भएको छ ।
शनिबार आज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द गोराथोकीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकका अनुसार घोराही–१७ गुलरीयास्थित मन्दिर परिसरभित्र रहेको सहिद स्मारक तथा साँस्कृतिक संग्राहालय पार्क र शिव पार्वति तथा राधाकृष्ण मन्दिर व्यवस्थापनको योजना घोराही उपमहानगरपालिकाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आधार मानी अघि बढाइने भएको छ। यसै योजनाको एक भागका रूपमा धार्मिक र साँस्कृतिक गतिविधिहरूलाई प्रोत्साहित गर्न शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोराथोकीले जानकारी दिए ।
अध्यक्ष गोराथोकीका अनुसार श्रावण महिनाभरि सञ्चालन हुने महापुराण तथा महाआरति कार्यक्रममा पं.सन्तोष श्यामचरणको मुखारविन्द बाट कथा बाचन हुने छ भने विभिन्न क्षेत्रका पुरोहित, भजनमण्डली र भक्तजनको सहभागिता रहनेछ । साथै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समेत यो कार्यक्रमलाई व्यापक बनाइने योजना छ । समितिले कार्यक्रमका लागि आवश्यक तयारी,समन्वय र प्रचारप्रसार गर्ने तयारी समेत गरेको छ। मन्दिर व्यवस्थापन समितिले घोराही क्षेत्रका सम्पूर्ण श्रद्धालु,भक्तजन र सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य कमाउनका साथै धार्मिक,सांस्कृतिक एवं सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने आह्वान गरेको छ ।
कार्यक्रमलाई सफल बनाउन गोबिन्द गोराथोकीकै संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ । जसको सह संयोजकमा विकासनगर टोल बिकास संस्थाका अध्यक्ष बेचन ओली रहेका छन् भने सचिवमा दीपक वली र कमल ओली रहेका छन् । यस्तै कोषाध्यक्षमा बसन्त बुढाथोकि,सह कोषाध्यक्षमा बुद्धिकला पोख्रेल र टोपनारायण बन्जाडे रहनुभएको छ भने सदस्यहरुमा इन्द्रकुमार ओली, दामोदर केसी,भोजबहादुर थापा,भक्तबहादुर खत्री,राम चौधरी,दीपक चौधरी,मानबहादुर बस्नेत,चित्रबहादुर बस्नेत, गिरबहादुर बुढाथोकी,पलवान थापा,रामबहादुर बन्जाडे, निमानन्द अर्याल,पदम ओली,मदन केसी,राधा केसी,सरिता शर्मा,मानबहादुर खड्का,भरत अधिकारी,एम प्रसाद अधिकारी,दिप बहादुर खत्री,खुशलराम पुन,बुद्धिबहादुर केसी,सुशील सुवेदी,रमेश केसी,देवराज अधिकारी र हरिप्रसाद भुसाल रहेका छन् । आवश्यकता अनुसार उप समिति समेत गठन गरीने अध्यक्ष गोराथोकिले जानकारी दिए ।
