
Sgr
Rgp1
Rgp
pku
sbs
Pbu
Pes
Gfs
Djs
Srbpu
Lnp
Unsku
cjs
Ggp

Ssm
Rsb
Asm
Ggd
Tsm
Bbu
Rgs
Wsp
Gst
Vor
Hal
Pvg
Sls
nsb
Rgu
Rgu
Ksm
Bbbpu
Sbs

Gsb
sab
Bml
bbt
Rpp
Ptm
Pls
Mks
Syp
Rmb
Jmb
Abd
Jmb
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व मन्त्री राजु खनालले शान्ति प्रक्रियाका महानायक स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई नेपालको राजनीतिमा अद्वितीय योगदान दिएका नेता भनेर स्मरण गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका खनालले “नेपाली राजनीतिक इतिहासमा एउटै व्यक्तिले तीन वटा ठूला आन्दोलनको नेतृत्व गरेको दुर्लभ उदाहरण गिरिजा प्रसाद कोइराला नै हुनुहुन्छ । विराटनगर जुट मिलका मजदुर आन्दोलनदेखि बहुदलीय व्यवस्था, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियासम्म उहाँको योगदान नेपाली कांग्रेस र नेपाली जनताले कहिल्यै भुल्न सक्दैनन् । यस्ता नेताको जन्मजयन्तीले हामीलाई एकताको सन्देश दिन्छ। अहिलेको अवस्थामा फुटेर होइन, जुटेर अघि बढ्न जरुरी छ।”
त्यस्तै शान्ति प्रक्रियाका नायक, नेपाली राजनीतिक शिखर पुरुष तथा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २,दाङले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कोइरालालाई कुशल संगठनकर्ता, लोकतान्त्रिक आन्दोलनका निडर योद्धा, शान्ति प्रक्रियाका नायक तथा नेपालको गणतान्त्रिक यात्राका अग्रणी नेताका रूपमा स्मरण गरे। उनका आदर्श र योगदानलाई पछिल्लो पुस्ताले आत्मसात् गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए।
कार्यक्रम घोराही–६, लखुवारस्थित श्री जनकल्याण प्रा।वि।को प्राङ्गणमा आयोजित गरिएको थियो। कार्यक्रम क्षेत्रीय सभापति भीम प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। विशेष अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डे रहेका थिए भने कार्यक्रमको सञ्चालन क्षेत्रीय कोषाध्यक्ष गोपाल भुसालले गरेका थिए।
यस्तै पूर्व जिल्ला सभापति विकिश्वरी गौतम, संविधानसभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका जिल्ला उपसभापतिद्वय कमान सिंह भारती र गिरिराज सुवेदी, महासमिति सदस्य भूप बहादुर डाँगीलगायत नेताहरुले मन्तव्य राख्दै गरकोइरालाको योगदानलाई स्मरण गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता,कार्यकर्ता तथा स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
