
lnp
Dbs
Jns
Lnp
Rgp
Rgp
Sgp
Ggp
Asb
Dus
Lks
Ggp
Usb
ksb
Rgp
Pbu
Rgp


दाङ । गढवा गाउँपालिकाले वालमैत्री स्थानीय शासन घोषण कार्यक्रमका लागि अभियान सञ्चालन गर्न थालेको छ ।
पहिलो चरणमा गाउँपालिकालाई वाल श्रममुक्त पालिका बनाउन र वालमैत्री स्थानीय शासन घोषण गर्न स्थानीय राजनितीक दल,संघसंस्था,बिद्यालय,लगायतका सरोकारवालाहरुसंग अन्तरक्रिया तथा समन्यात्मक छलफलको आयोजना गरिएको हो । अभियान अन्तर्गत गढवा उद्योग बाणिज्य संघ, स्थानीय संघसंस्थाहरु,होटल ब्यवसायी संघ, यातायात ब्यवसायी संघ,क्रसर उद्योग सञ्चालकहरुसंग एक चरणको छलफल गरि अभियान सञ्चालन गर्न समिति समेत गठन गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए ।
यसैगरी मंगलवार स्थानीय सरकारी तथा निजी विद्यालयहरुका प्रअहरु,संघसंस्था, सञ्चार माध्यम र अन्य सरोकारवालहरुसंग बृहत्त अन्तरक्रियात्मक अभिमुखिकरण गरिएको पालिकाले जनाएको छ । अभियानलाई सफल पार्न प्रतिवद्धताको ब्यानरमा हस्ताक्षरका कामलाई तिब्रता दिइएको छ भने होटल, रेष्टुरेण्ट, क्रसर उद्योग र यातायात ब्यवसायीको क्षेत्रमा अनुगमन र नियमनका कामहरु सुचारु गरिने भएको छ ।
त्यस्तै सबैजसो वडाहरुमा वाल सञ्जाल गठन गरि पालिका स्तरीय वाल सञ्जाल बनाउने र टोल स्तर सम्म वालसञ्जालहरु गठनको अभियान सञ्चालन गरिने पालिकाले जनाएको छ । वालमैत्री स्थानीय पालीका र वालश्रम मुक्त पालिका बनाउन नेपाल सरकारले तय गरेका बिभिन्न रणनितीहरुलाई कार्यान्वयन गर्ने र पालिकाको सभाले पारित गरेको रणनितीक योजना बमोजिम बिभिन्न गतिविधीहरु सञ्चालन गर्ने बताइएको छ ।
नेपाल सरकारले संबिधानको धारा ३९ र श्रमऐन २०७४ तथा कार्यविधि २०७७ बमोजिम आगामी २०८७ सम्म देशका सबै स्थानीय तहहरुलाई वालश्रम मुक्त र वालमैत्री पालीका बनाउने रणनितीलाई कार्यान्वयनको दिसामा अगाडी बढाउन थालिएको कार्यक्रममा बताइएको छ । सोही अनुरुप गढवा गाउँपालिकाले वडा तहबाट अभियान सञ्चालन गर्दै सिंगो पालीकालाई आगामी २ बर्षभित्र वालमैत्री स्थानीय पालिका घोषणा गर्न सरकारले तयगरेका ५१ सुचकहरु कार्यान्वयन गर्न ब्यापक तयारी गरेको बताइएको छ ।
गढवा गाउँपालिकबा महिला तथा वालवालीका शाखाको आयोजनामा पालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा मंगलवार अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेल र जनता मावी कालाकाटेका प्र.अ. बासुदेव बेल्वासे लगायतले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए । सरोकारवालाहरुलाई अभिमुखिकरण गर्दै बिकीरण गौतमले प्रशिक्षण दिएका थिए । कबार्यक्रमको सञ्चालन महिला तथा वालवालीका शाखाका प्रमुख पे्ररणा चन्दले गरेकि थिइन् ।
