
Djs
Rgp
Lnp
Rgp1
sbs
Srbpu
Pes
cjs
pku
Pbu
Sgr
Gfs
Unsku
Ggp

Sbs
Bbu
Ksm
Rgu
Asm
Wsp
Ggd
Vor
nsb
Rsb
Bbbpu
Rgs
Ssm
Hal
Gst
Sls
Rgu
Tsm
Pvg

Jmb
Ptm
Bml
Rmb
sab
bbt
Syp
Jmb
Mks
Rpp
Abd
Gsb
Pls
काठमाडौं । पूर्व मन्त्री एवंम् नेपाली कांग्रेसका निलम्बित सांसद मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
विशेष अदालत काठमाडौंले आइतबार बस्नेत माथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको हो । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा,धनराज ज्ञवाली, टिकाप्रसाद उप्रेती,सुरेन्द्रलाल हाडा,दिपेश आचार्य, सन्दीप अधिकारी,अच्युतानन्द मिश्र, विजयकुमार राय, पुरुषोत्तम प्रसाद खनाल, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, तेजप्रसाद खरेल, दिलिप कुमार गुरूङ्गसहित १६ जना र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ ।
यस्तै विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमले सो आदेश जारी गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्ने आइतबार अदालत उपस्थित भएका थिए ।
आजै बयान र थुनछेक बहस भएको थियो। बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् ।
