
Asb
Ggp
Dus
Sgp
Jns
Lks
Dbs
Rgp
Ggp
Pbu
Rgp
Usb
Rgp
lnp
ksb
Rgp
Lnp


काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भेटवाल १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।
त्यस्तै इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक समेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । एपेक्स बैंक घोटालामा उनी तानिएका थिए ।
