
Dbs
Rgp
Asb
Pbu
Ggp
Rgp
Usb
Rgp
Dus
ksb
lnp
Jns
Lks
Rgp
Ggp
Lnp
Sgp


दाङ । लमहीका २३ जना भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगले जिल्लामा पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
लमही नगरपालिका वडा नं.३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कठ्ठासम्मको बसोवासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल,जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा,लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी,आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत,उपप्रमुख लक्ष्मी योगी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा,वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी लगायतले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
एक धुर जग्गा समेत नाममा दर्ता नभएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जा विहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो ।
गोचान्दर चौधरी,ठग्नी चौधरी,कालु चौधरी,विदेशी चौधरी,रोरु चौधरी,रामप्रसाद चौधरी,मिनाकुमारी चौधरी,गुरुप्रसाद चौधरी,शिवशंकर चौधरी, रामकुमारी चौधरी,सरीता चौधरी,हरिप्रसाद चौधरी, झलकराम चौधरी,सुनिता चौधरी,कमल चौधरी, अशोककुमार चौधरी,रामकली चौधरी,ठगिराम चौधरी,शहाविर चौधरी,कल्लुराम चौधरी,शेरु चौधरी,कङलु चौधरी र सुनिता चौधरीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । सम्बोधन गर्दै अध्यक्ष रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्बासी,भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए ।
यस्तै`पहिला वन कि मान्छे ? जंगललाई जंगलको रूपमा राख्ने र बस्तिलाई बस्तिको रूपमा विकास गर्न चाहन्छौँ,उनले भने,`ऐन,नियम,कानुनभन्दा बाहिर गएर आयोगले काम गर्दैन । संविधानले प्रदत्त गरेको सम्पत्ति र आवासको अधिकार कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौँ । यसको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो ।´
यस्तै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा,नगर प्रमुख जोगराज चौधरी,आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत,उपप्रमुख लक्ष्मी योगी, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी,नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी,आयोगका विज्ञ सदस्य यज्ञराज आचार्य,संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रमकी नेपाल प्रमुख प्रज्ञा प्रधानलगायतले भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने अभियानले सार्थकता पाउन थालेकोमा खुशी व्यक्त गरे ।
त्यस्तै लमही नगरपालिकाको आयोजनामा,जिल्ला भूमि समस्या समाधान आयोग,संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम र सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नं.३ का वडा अध्यक्ष मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन अधिकृत महेश थापा ठेडीले गरेका थिए ।
