
lnp
Ggp
Ggp
Rgp
Rgp
Lnp
Asb
Dbs
Usb
Dus
Rgp
ksb
Rgp
Sgp
Jns
Lks
Pbu


दाङ । गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकहरुलाई एक सय दिन रोजगार प्रदान गर्ने रोजगार कार्यक्रमबाट चालु आर्थीक बर्षमा मात्रै २१ बिकास योजनाहरु सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत गठन गरिएको रोजगार सम्बाद मञ्चको हालै सम्पन्न एक कार्यक्रममा रोजगार शाखा प्रमुख अशोक कुमार यादवले बर्षभरी गरिएका कार्यक्रम र लागत बजेट सार्वजनिक गरेका हुन् । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको रोजगार सम्बाद मञ्च कार्यशालामा गाउँपालिकाका बिभिन्न वडाहरुमा गरि कुल २१ योजनाहरु सम्पन्न भएको र त्यसको कूल लागत ४६ लाख ८६ हजार खर्च भएको जानकारी गराइएको हो ।
कार्यक्रम अन्तर्गत सडक ट्याक खोल्ने, तटबन्धन गर्ने, सडकको पिसिसि ढलान गर्ने, खानेपानी पाइप लाईन विस्तार गर्न खाडल खन्ने र पाईप पुर्ने, बगरखोतीका लागि बाटो विस्तार गर्ने, बिद्यालयमा पर्खाल निर्माण गर्ने,पक्कि नाली निर्माण गर्ने, कृषि नाली सरसफाई, पार्क तथा पर्यटकीय स्थलको सरसफाई तथा बृक्षारोपण गर्ने जस्ता बिभिन्न वडाहरुमा गरि २१ योजनाहरु सम्पन्न भएको रोजगार संयोजक अशोक कुमार यादवले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालको संबिधान धारा ३३ रोजगारको हक अन्तर्गत हरेक वडाका बेरोजगार नागरिकहरुलाई रोजगार सेवा केन्द्रमा आवेदन खोलि सुचिकरण गरिने र सुचिकरण भएका नागरिकहरुलाई एकसय दिन बराबरको रोजगार दिने कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिए । चालु आर्थिक बर्ष देखि यो कार्यक्रमलाई नेपाल सरकारले थप परिमार्जन गरि प्रभावकारिता दिन थालेको कार्यममा बताइएको थियो ।
