Sidha Patra बुधबार, आषाढ ०४, २०८२

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने माथि मोबिल छ्यापिएको छ ।

बुधबार आज दिउँसो ३ः५० बजेको समयमा वडा कार्यालय भित्रै उपमहानगर प्रवक्ता समेत रहेका अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडाध्यक्ष न्यौपानेलाई मोबिल छ्यापेको हो । हेटौँडा–१ चाइना क्वाटर भित्र रहेको वडा कार्यालयमा कार्यकक्ष भित्र बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर खुल्न नसकेको २ वटा मोटरसाइकलमा आएका ३/४ जना अपरिचित व्यक्तिहरुले मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

त्यस्तै उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरुको खोजिकार्य भइरहेको उनले बताए । भूमिहीन सुकुम्बासी सम्बन्धी समस्याका व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]