
Rgp
Rgp
Usb
Lnp
Jns
Dbs
Asb
ksb
lnp
Ggp
Pbu
Dus
Rgp
Lks
Sgp
Ggp
Rgp


नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
गएको रातिको अविरल वर्षासँगै आएको बाढीले खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार यही डाइभर्सन हिजो दिउँसो मर्मत गरी सञ्चालनमा ल्याइएको थियो तर राति परेको भारी वर्षाले पुनः बगाएको हो ।
त्यस्तै,दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर नजिकको उकालो सडक चिप्लो र हिलो भएका कारण सवारी साधन आवागमनमा थप कठिनाइ भएको छ । वैकल्पिक मार्गसमेत बन्द गरिएकाले अहिले सवारी साधन रोकिएको प्रहरी नायब उपरीक्षक नेपालले बताएका छन।
यस्तै विनयी खोलाको पुल गत पुस महिनामा एक ओभरलोड भारतीय गाडीको ठक्करले क्षतिग्रस्त भएपछि उक्त स्थानमा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो । डाइभर्सन बगाएपछि यात्रुवाहक र साना सवारी साधनहरूलाई होङ्गसी गेट हुँदै सर्दीको वैकल्पिक सडक प्रयोग गरिँदै आएको थियो।
त्यस्तै प्रहरीका अनुसार विनयी खोलामा पानीको बहाव घटेपछि डाइभर्सन मर्मतको काम सुरु गरिने छ ।
