Sidha Patra सोमबार, आषाढ ०२, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर,बाँकेमा कार्यरत दुई खरिदार सहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया) मार्फत रु.२० हजार घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

त्यस्तै अनुसन्धानका क्रममा लेखापढी व्यवसायी शान्ति पुनले सेवाग्राहीबाट मागिएको घुस रकम लिएर हरिचन्द्र पाण्डेलाई दिएको र पाण्डेले उक्त रकम रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको थियो ।

यस्तै अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित रूपमा खरिदार रतन बहादुर जि.सी.को समेत संलग्नता देखिएकोले आयोगले खरिदार पाण्डे र जि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्दै कैद र बिगोअनुसार जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो ।

यसैगरी,सेवाग्राहीबाट घुस माग गरी त्यसको लेनदेनमा सहजीकरण गरेको आरोपमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीमाथि पनि भ्रष्टाचार निवारण ऐनको दफा ३(२) अनुसार मुद्दा चलाइएको छ। उनीहरूलाई पनि कैद र बिगोअनुसार जरिवाना सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]