
lnp
Rgp
ksb
Pbu
Ggp
Dbs
Rgp
Lnp
Asb
Dus
Usb
Lks
Rgp
Sgp
Jns
Ggp
Rgp


दाङ । राजपुर गाउँपालिका स्थित सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको २६ औं बार्षिकोत्सव तथा रक्तदान कार्यक्रम आईतवार मटेरीयामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवबहादुर केसीको अध्यक्षता र राजपुर गाउँपालिकाका प्रमुख शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै राजपुर गाउँपालिकाका अध्यक्ष बुढाथोकीले कतिपय सहकारीहरुले आर्थीक हिनामिना र अपचलन गरि बिकृति बिसंगति निम्त्याएको कारण सहकारी संस्थाहरुलाई हेर्ने नेपाल सरकारको दृष्टिकोणलाई परिवर्तन गर्न सहकारीमा शुसासन र पारदर्शिता महत्वपूर्ण रहेको औंल्याए ।
किसानहरुलाई उत्पादनमूलक काममा जोडेर गुणस्तरीय सेवा प्रदान गर्दै लोकल प्रजातीका बिभिन्न बिऊ विजनहरु उत्पादन र वितरण गर्दै आएको यो सहकारी देशकै नमूना योग्य काम गर्न सफल भएको बताए । सहकारीहरुले नाफामुखि मात्र नभएर सेवामुखि कार्यक्रम गर्नुपर्ने दायित्व अन्तर्गत रक्तदानको कार्यक्रम गरेर बार्षिकोत्सव मनाउदै गरेकोमा प्रशंसा ब्यक्त गरे । सहकारीमा शेयर सदस्य, कर्मचारी र सञ्चालकहरु बिच सबैको सहकार्य र समन्वय भएमा उदाहरणिय काम गर्न सकिन्छ ,भएन भने सहकारी बिग्रन्छ–उनले बताए ।
बार्षिकोत्सव कार्यक्रममा सो सहकारीको उन्नयन, बिकास र समून्नतीकालागि योगदान गर्ने ८ वटा सरकारी गैह्रसरकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । सो सहकारीलाई बिभिन्न समयमा आर्थीक तथा प्राविधिक सेवा प्रदान गर्दै आएका बिऊविजन प्रयोगशाला खजुरा बाँके,कृषि ज्ञान केन्द्र दाङ, र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–मकै सुपरजोन लमही,बित्तीय सेवा प्रदान गर्ने राष्ट्रिय सहकारी बैंक घोराही,कृषि बिकास बैंक गढवा र मुक्तिनाथ विकास बैंक लमही तथा राशायनिक मलखाद उपलब्ध गराई सहयोग गर्ने कृषि सामाग्री संस्थान लमही र साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिकाका पुर्व अध्यक्ष लोकराज केसी,वडा नम्बर २ का अध्यक्ष ओंम प्रकाश यादव,नागरिक समाज दाङका संयोजक निमबहादुर थापा,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रदिप अर्याल,मुक्तिनाथ विकास बैंकका प्रबन्धक धिरज केसी,रक्तसञ्चार सेवा केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने, संस्थाका सल्लाहकार रेशम बहादुर खड्का, साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीका प्रमुख रामबकावु प्रसाद गुप्ता र संस्थाका पूर्व अध्यक्ष शालिकराम जैसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
रक्तदान कार्यक्रमका लागि प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटी जिल्लाशाखा दाङको रक्त सञ्चार सेवा केन्द्र घोराही र लमहीले गरेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव शिवराज पन्थीले गरेका थिए । कार्यक्रममा मानवीय सेवाका लागि १५ जनाले रक्तदान गरेका थिए ।

