
Sgr
Pbu
Rgp
Ggp
Djs
Lnp
sbs
Rgp1
Pes
pku
Unsku
cjs
Srbpu
Gfs

Bbu
Pvg
Ggd
Vor
Rgu
Ksm
Rsb
Sls
Wsp
Bbbpu
Ssm
Gst
Rgu
Asm
Hal
nsb
Sbs
Rgs
Tsm

Bml
Mks
Syp
Ptm
Pls
bbt
Gsb
Jmb
Jmb
Abd
sab
Rpp
Rmb
काठमाडौं । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ ।
शुक्रबार आज बानेश्वरस्थित संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बताए।
‘गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ, ‘उनले भने, ‘यसबारे कांग्रेससहितका सबै दलसँग छलफल गर्ने कुरा पनि भएको छ।’ उनले बिहीबार कांग्रेसका नेताहरुसँग यसबारे भएको छलफलबारे पार्टी उपसभापति डा स्वर्णिम वाग्लेले ब्रिफिङ गरे। ‘बैठकमा हिजोको छलफलबारे स्वर्णिम वाग्लेले बिफिङ गर्नुभयो,’ उनले भने, ‘त्यस्तै कांग्रेससँग यसै विषयमा छलफल बढाउने र छानबिन केका लागि भन्ने स्पष्ट हुन आग्रह गर्ने कुरा पनि भयो। रमेश लेखकसँग मात्रै जोडेको कुरा छैन । लामोसमयदेखि चलेको गिरोह छ नि त यहाँ त विदेशी, नेपाली, एयरलाइन्स कम्पनी,मेनपावस जोडिएको कुरा छ।’
त्यस्तै उनले नेपालीहरु भिजिट भिसाको नाममा बेचिएको भन्दै यसबारे समग्र छानबिन समितिको पक्षमा विपक्षी दलको मत एक रहेको बताए । ‘यहाँ धेरै भिजिट भिसाको नाममा बेचिएका छन्। कोही कुवेतमा, कोहीलाई रसियन आर्मीमा बेचिएको छ। समग्रतामा यो विषय हेर्ने छानबिन समिति चाहियो भनेका छौँ। यहीँ कुरा भयो’ उनले बताएका छन् ।
