
Pbu
Gsl
Bs1


काठमाडौँ । संसदको अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी रहेको छ ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार संसद बैठक अवरोध गर्दै आएका छन् ।
त्यस्तै बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्ने सम्बन्धमा सरकारले सदनबाट प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर विपक्षीको मागमा सरकार तयार नभएको नेताहरुको आरोप छ।
यस्तै प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो। त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो।
त्यस्तै सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ। अनौपचारिक संवादपछि विपक्षी दलहरत औपचारिक छलफलमा जुटेका हुन् ।
