
pku
Srbpu
Sgr
sbs
cjs
Rgp
Gfs
Pbu
Unsku
Pes
Rgp1
Lnp
Ggp
Djs

Wsp
Sls
Vor
Ssm
Sbs
Rgs
Pvg
Bbbpu
Rsb
Ggd
Gst
nsb
Tsm
Bbu
Asm
Ksm
Hal
Rgu
Rgu

bbt
Gsb
Rpp
Abd
Bml
Rmb
Jmb
Ptm
Mks
Jmb
Syp
sab
Pls
काठमाडौं । पूर्वप्रधानमन्त्री नेपाल विरुद्ध अख्तियारमा मुद्दा दायर भएसँगै निलम्बित सांसदको संख्या ४ पुगेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ । योसँगै ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरुमध्ये ४ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् ।
नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत १ जेठ २०८२ देखि निलम्बनमा छन् । टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । सांसदहरु रवि लामिछाने र टोपबहादुर रायमाझी निलम्बनमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् ।
त्यस्तै लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् ।
यस्तै सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।
