
Gfs
Srbpu
sbs
Sgr
Unsku
Pes
Lnp
cjs
Djs
Pbu
Rgp1
Ggp
Rgp
pku

Ggd
Asm
nsb
Ksm
Vor
Pvg
Hal
Sbs
Ssm
Rgs
Bbu
Rgu
Rgu
Tsm
Wsp
Sls
Rsb
Bbbpu
Gst

Pls
Syp
Jmb
Ptm
Jmb
Mks
sab
Rmb
Abd
Bml
Rpp
Gsb
bbt
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न बसेको न्यायपरिषदको आकस्मिक बैठक सकिएको छ ।
परिषद स्रोतका अनुसार बिहान बसेको उक्त बैठकमा आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि पनि छलफल भएको थियो । उच्च अदालतका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित केही दिनअघि न्याय परिषदमा उजुरीसमेत परेको थियो । स्रोतका अनुसार यसबारे कुनै टुंगो नलागेको तर न्यायपरिषदले छलफललाई जारी राख्ने निर्णय भएको छ ।
त्यस्तै उच्च अदालत जनकपुर,अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि कांग्रेस पूर्वसांसद आफताब आलम छुटेका थिए । ललितपुरस्थित नख्खु कारागारमा रहेका आलमलाई बुधबार साँझ रिहा गरिएको थियो । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आलमलाई जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।
त्यस्तै जन्मकैदको सजाय पाउनेहरुमा कांग्रेस नेता आलम,उनका भाइ मोहम्मद महताब आलम,शेख सराज र बद्री सहनी रहेका थिए ।
