
Rgp
Rgp
Jns
Dbs
Asb
ksb
Pbu
lnp
Ggp
Rgp
Ggp
Sgp
Rgp
Dus
Usb
Lks
Lnp


दाङ । निती तथा कार्यक्रम र बजेट निर्माण अगाडी गढवा गाउँपालिकाले सरोकारवालाहरुलाई आमन्त्रण गरि सुझाव संकलन गरेको छ ।
आईतवार पालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुबाट आएका सुझावहरुलाई संकलनमा मात्र सिमित होइन कार्यान्वयन गर्न गराउन नागरिकहरुले कार्यक्रममै जोड दिएका छन् ।
कृषि तथा पशुपालनमा आत्मनिर्भरता बढाउन स्थानीय सरकारले प्रभावकारी निती कार्यक्रम र बजेट बनाउन आग्रह गर्दै वडामा रहेका कृषि तथा पशु प्राबिधिकहरुलाई गाउँ–गाउँमा परिचालन गर्नुपर्ने,कृषि उपज संकलन केन्द्रको प्रभावकारी ब्यवस्थापन र बजारीकरणको ब्यवस्था गर्नुपर्ने, शैक्षिक गुणस्तर बृद्धि गर्न बिशेष निती कार्यक्रम र बजेट ब्यवस्थापन गर्नुपर्ने,स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सरकारले उपलब्ध गराउने निःशुल्क औषधीहरु अपुग भएकोले पालिकाले खरिद गरि ब्यवस्थापन गर्नुपर्ने र सर्पदंश उपचार केन्द्रमा रहेको भेण्टिलेटर सुचारु गर्नुपर्ने,वन वातावरण र जैविक विविधता संरक्षण र जलवायु अनुकुलनका निती कार्यक्रम ल्याउनुपर्ने, गढवा बजारको फूटपाथ र कृषि उपज संकलन केन्द्रको ब्यवस्थापन गर्नुपर्ने,उद्योग,ब्यवसाय र पर्यटन प्रवर्धन गर्ने खालका निति कार्यक्रम र बजेट बनाइनु पर्ने लगायतका बिषयमा कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन् ।
यसैगरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण,सम्वर्धन, उन्नयन र बिकासका लागि निति कार्यक्रममा योजनाहरु समावेश गरिनुपर्ने, लोपोन्मुख पञ्चैबाजा र नौमति वाजा लगायत स्थानीय संस्कृति झल्किने कला संस्कृतिको बहुसाँस्कृतिक संग्रहालय बनाइनु पर्ने,पर्यटन बिकासमा जोड दिदै गढवा बजार केन्द्रित अत्याधुनिक ग्रिनपार्क निर्माण गरिनुपर्ने,सेवा प्रवाहमा सुशासन र पारदर्शिता झल्किनु पर्ने,स्वास्थ्य संस्थाहरुमा डिजिटल एक्सरे लगायत एनलाइजर मसिन र प्रभावकारी ल्यावको ब्यवस्थापन गरिनुपर्ने,जनताले अनुभूति गर्नेगरी भौतिक बिकास निर्माणमा ध्यान दिनुपर्ने, नियमन र अनुगमनमा प्रभावकारीता दिनुपर्ने,नदीजन्य पदार्थको ब्यवस्थापन गर्दै चोरी निकासी नियन्त्रण गरि राजश्व संकलामा जोड दिनुपर्ने,लोककल्याणकारी बिज्ञापनहरु स्थानीय मिडियालाई दिने नितिलाई कार्यान्वयन गर्नुपर्ने, जनतासंग जनप्रतिनिधी कार्यक्रमलाई गाउँ टोल सम्म पुर्याइनुपर्ने लगायतका महत्वपूर्ण निति,कार्यक्रम र बजेट ल्याउन सरोकारवालाहरुले आग्रह गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुबाट आएका सुझावहरुलाई कत्तिपनि नचुकेर पारदर्शि ढंगले सुसाशको अनूभूत हुनेगरी कार्यान्वयन गर्नेगरी निति, कार्यक्रम र बजेटको तर्जुमा गर्न आवश्यक रहेको वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापाले बताएका छन् ।
सो अवसरमा उपाध्यक्ष शारदा कुमारी चौधरी
र वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेले नागरिकहरुबाट आएका सुझावहरुलाई आत्मासात गर्दै निति,कार्यक्रम र बजेट तयार गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पोख्रेलले प्राप्त सुझावले निति, कार्यक्रम र बजेट बनाउन सहज हुने र नागरिकहरुका आवाज संबोधन हुनेगरी काम अगाडी बढाउने बताए । पोखे्रलले कार्यक्रममा आएका कतिपय कार्यसम्पादनमा देखिएका समस्याहरु र सुझावहरुको जवाफ दिएका छन् ।
गढवा गाउँपालिकाले शिक्षा र स्वास्थ्यको सुधारको क्षेत्रमा महत्वपूर्ण कदमहरु चालेको र अबका दिनमा कृषि तथा पशुपालनमा आत्मनिर्भरता बढाउन उत्पादन मुखि कार्यक्रमहरु गरि कृषि उपजको प्रभावकारी बजारीकरणको ब्यवस्थापन गर्ने खालका निति, कार्यक्रम र संगसंगै बजेट समेत बनाउने योजना रहेको बताए । यस्ता कार्यक्रमहरुले पालिकालाई कामगर्न सहज हुने र न्यूनतम कार्यसम्पादन मुल्यांकनमा पनि आधार हुने कार्यक्रममा बताइएको हो । छलफल कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

