
Ksb
Nsb
Ssb
Rsb
Gsb
Bsn
Ssb
Tgp
Rks
Ppu
Usb
Ksb
Ksb
Csb

Ssb
Usb
Hl1
Tsb
Gsb

Rgu
Nps
ptl
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउनेबारेमा छलफल भएको जानकारी दिए । उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए।
त्यस्तै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा राजसंस्था पक्षधहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताए । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको उनको दाबी रहेको छ ।
यस्तै‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्नेकुराको प्रमाण हो,’उनले पत्रकारहरुसंग भने ।
