
Rgp
cjs
Lnp
Djs
Gfs
Rgp1
Pes
Srbpu
pku
sbs
Pbu
Sgr
Unsku
Ggp

Tsm
Ggd
Hal
Sls
Wsp
Rgu
Rgs
nsb
Gst
Rgu
Vor
Ssm
Ksm
Rsb
Bbu
Asm
Bbbpu
Sbs
Pvg

Mks
Jmb
Ptm
sab
bbt
Pls
Gsb
Bml
Syp
Rmb
Rpp
Abd
Jmb
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउनेबारेमा छलफल भएको जानकारी दिए । उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए।
त्यस्तै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा राजसंस्था पक्षधहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताए । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको उनको दाबी रहेको छ ।
यस्तै‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्नेकुराको प्रमाण हो,’उनले पत्रकारहरुसंग भने ।
