
Jns
Lks
Rgp
Lnp
Rgp
Dus
Asb
ksb
Ggp
Rgp
Usb
Dbs
Ggp
Rgp
Pbu
Sgp
lnp


धनकुटा । शनिबार आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।
बाढीले सागुरीगढी गाउँपालिका वडा नम्बर–६,स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए ।
त्यस्तै सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर,सङ्खुवासभा, ताप्लेजुड,पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको प्रहरीले जनाएको छ ।
