
Dus
Lnp
Rgp
ksb
Ggp
Ggp
Asb
Rgp
Rgp
lnp
Lks
Jns
Pbu
Dbs
Usb
Sgp
Rgp


दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाको सरसफाइ तथा फोहर व्यवस्थापन प्रणालीको बुटवल उपमहानगरपालिकाबाट आएको अध्ययन टोलीले शुक्रबार अवलोकन गरेको छ ।
बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदीकाे नेतृत्वमा विभिन्न वडाका अध्यक्षहरू, सरसफाइ शाखाका प्राविधिक कर्मचारी, योजना शाखाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी अध्ययन भ्रमण टाेलीले सरसफाइ तथा फोहर व्यवस्थापन प्रणालीको अवलोकन गरेको हाे।
टोलीले राप्ती गाउँपालिकामा फोहरको स्रोतमै वर्गीकरण, कम्पोष्ट मल उत्पादन, पुनः प्रयोगका उपायहरु र समुदायमा आधारित सरसफाइ अभियानको अभ्यासबारे जानकारी लिएको थियो । टोलीले वडा नं. २ पुन्यपुर स्थित सरसफाइ व्यवस्थापन केन्द्रकाे समेत अवलोकन गरेको थियो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदीले राप्तीले अपनाएको सरसफाइ मोडेल अनुकरणीय भएको बताउँदै प्लास्टिक जन्य फाेहाेरबाट इन्टरलक,टायल उत्पादन गर्ने अभ्यासले प्रोत्साहन दिएको बताए । उनले यस्ता अभ्यासहरु माथि अध्ययन गरी बुटवलमा पनि कार्यान्वयनको पहल गर्ने बताए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले फोहर व्यवस्थापन र सरसफाइमा पालिकाले जनसहभागिता,स्रोतको अधिकतम उपयोग र वातावरणमैत्री प्रविधिमा जोड दिएको जानकारी दिए । उनले अनुभव आदानप्रदान र सहकार्यका माध्यमबाट दुवै पालिकाबीच सकारात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
अवलोकन भ्रमणबाट दुबै स्थानीय तहबीच सरसफाइ र वातावरण संरक्षणमा साझा पहल र सहयोगको सम्भावना बढ्ने अपेक्षा गरिएको छ ।
