
Rgp
lnp
Lks
Dus
Rgp
Ggp
Asb
Rgp
Lnp
Rgp
Sgp
Usb
Ggp
ksb
Pbu
Dbs
Jns


काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार आज निधन भएको छ ।
गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो ।
त्यस्तै जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।
चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ । आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरु प्रकाशित रहेका छन् ।
