
Jns
Ggp
Rgp
ksb
Asb
Rgp
Dus
lnp
Pbu
Rgp
Usb
Lnp
Dbs
Ggp
Rgp
Sgp
Lks


काठमाडौँ । नेपालमा घुम्न आएका बंगलादेशका नागरिकहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ ।
आरोपीहरुले ललितपुर महानगरपालिका वडा नम्बर १५,स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
त्यस्तै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएर ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पन्जाब घर भएका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय संदिप कुमार, ३८ वर्षीय जसप्रित सिंह र ६४ वर्षीय रमेश जाधव रहेका छन् ।
यस्तै उनीहरुलाई परिसर काठमाडौँ र गौशालाबाट खटिएको टोलीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
