
Ssb
Gsb
Ksb
Ssb
Csb
Usb
Tgp
Ksb
Nsb
Bsn
Rsb
Rks
Ppu
Ksb

Gsb
Ssb
Tsb
Hl1
Usb

ptl
Rgu
Nps
काठमाडौँ । चारैवटा सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनकारीलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् ।
उनले चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस विषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए ।
राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरु राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।
त्यस्तै नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन समेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो अझै लागेको छैन ।
