
Ratbs
Bksbus5
Gsl
Amb
Nssbus7
Gsbus
Jsbus
Ssbus
Syees
dsbus
Pbu
Ddhbs
gms
Csbus
syysr
Rbs

Sls
Bbbpu
Bbu
Tsm
Vor
Rgu
Rgs
Gst
Ssm
Ggd
Rgu
nsb
Hal
Pvg
Asm
Rsb
Wsp
Ksm
Sbs

Mks
Abd
bbt
Jmb
Ptm
Pls
Bml
Gsb
sab
Syp
Rmb
Jmb
Rpp
काठमाडौँ । भारतभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिलेसम्म १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४ सय ३० जना कोरोना बिरामी फेला परेका छन् ।
त्यस्तै मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि कोरोनाका बिरामीहरू थपिन थालेका छन् । मंगलबार अरुणाचल प्रदेशमा २ जना महिलामा कोरोना पोजिटिभ पाइएको थियो । तीमध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।
यस्तै मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय सङ्क्रमित वृद्धको उपचारको क्रममा मृत्यु भयो । राज्यमा कोभिडको नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु हो । यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको मे २९–३० मा बिहार भ्रमणमा जादैछन् । यसलाई ध्यानमा राखेर राज्यको स्वास्थ्य विभाग सतर्क बनेको छ । प्रधानमन्त्रीको १०० मिटर भित्र बस्ने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ । भारतका धेरै राज्यहरुमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । यसैबिच देशमा चार नयाँ भेरियन्टहरू फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् । अन्य ठाउँहरूबाट नमुनाहरू लिइँदै छन् ।
यस्तै नयाँ भेरियन्टहरूको अनुसन्धान गर्न सकियोस् भनेर अनुक्रमण गरिँदै छ । केसहरू धेरै गम्भीर छैनन् र मानिसहरूले चिन्ता गर्नु नपर्ने भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि यिनीहरूलाई चिन्ताजनक ठानेको छैन । यद्यपि, यसलाई निगरानीमा राखिएको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ । चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरुमा यो भेरियन्ट देखिन्छ ।
