तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, जेठ १३, २०८२

दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्णसेन इच्छुकलाई केवल माक्र्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रुपमा पनि स्मरण गर्नुपर्ने बताएका छन् ।

राप्ती प्रेस मञ्चको आयोजनामा राप्ती गाउँपालिका –१,भालुवाङ पुलचोकस्थित इच्छुक चाेकमा आयोजित २३औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सभामुख घर्तीले यस्तो बताएका हुन् ।

सभामुख घर्तीले भने, “शहीद इच्छुकको कलमले विचार जन्मायो,साहित्य र पत्रकारितामार्फत जनचेतना फैलायो,तर उहाँको भूमिकालाई केवल पत्रकारितासम्म सीमित गर्न मिल्दैन ।उहाँ एक क्रान्तिकारी नेताका रुपमा नेपाली जनआन्दोलनको अभिन्न अंग हुनुहुन्थ्यो।” उनले इच्छुकको योगदानलाई संस्थागत रुपमा स्मरण गर्न र भावी पुस्तालाई उहाँको विचारबाट परिचित गराउन देउखुरीस्थित शालिक क्षेत्रलाई शहीद पार्कको रुपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । “उनको स्मृतिस्वरुप सिर्जनात्मक संरचना र विचारको अभ्यास दुबै आवश्यक छन्,” घर्तीले जोड दिए । पत्रकारितामा सत्य,साहस र प्रतिबद्धताको मार्ग अपनाउनुपर्ने सन्देश दिँदै उनले थपे, “देशको पक्षमा कलम चलाउन डराउनु हुँदैन, इच्छुकको बाटो त्यही हो।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, वरिष्ठ कवि अहम्मद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारी लगायत वक्ताहरुले पनि इच्छुकको योगदानको स्मरण गर्दै उहाँका आदर्शहरुलाई पछ्याउनुपर्नेमा जोड दिए ।

प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता, महासचिव ओमप्रकाश गुप्ताको स्वागत मन्तव्य र वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा इच्छुकका समकालीन मित्र,पत्रकार, साहित्यकार, उद्योगी,व्यवसायी र स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]