ओमप्रकाश गुप्ता मंगलबार, जेठ १३, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरु कृत्रिम बुद्धिमत्ता अर्थात ए.आई प्रविधि सम्बन्धी सीप सिक्न सुरु गरेका छन् ।

राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा मसुरीयामा सोमबार देखि सुरु भएको तालिममा दुई दिने तालिममा २० जना पत्रकारले ताालिम लिइरहेका छन् । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले प्रविधिको अधिकतम सदुपयोग गर्दै तथ्यमा आधारित र निष्पक्ष पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, डिजिटल युगमा प्रवेश गरिसकेपछि सूचना प्रविधिको सही प्रयोगले पत्रकारिता मात्र होइन, समाज र प्रदेशकै विकासमा सकारात्मक टेवा दिन सक्छ । अध्यक्ष विष्टले पत्रकारिता राज्यको चौथो अंग भएकाले स्थानीय सरकारले पनि पत्रकारको क्षमता विकासमा योगदान पुर्‍याउने उल्लेख गर्दै,आउँदो आर्थिक वर्षको बजेटमा सम्बन्धित कार्यक्रम समावेश गरिने जानकारी दिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले तालिममा प्रविधिको प्रभावकारी प्रयोगका विविध पक्षबारे धारणा राख्दै डिजिटल मिडियालाई प्लेटफर्मको रूपमा बुझ्नुपर्ने सुझाव दिए । उनले प्रविधिले पत्रकारितामा खोज र विश्लेषणलाई अझ मजबुत बनाएको उल्लेख गरे। कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, प्रशिक्षक सुर्दशन रिजाल लगायतको विशेष उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षकमा सुर्दशन रिजाल,पाण्डव प्रसाद शर्मा,विकास डाँगी र प्रमोद कार्की रहेका छन् । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

यसै बीच राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुक स्मृति दिवस र गणतन्त्र दिवस मनाउने भएको छ । मञ्चको हालै बसेको कार्यसमितिको बैठकले दुवै दिवस मनाउने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सक्रिय पत्रकारहरुको छाता मञ्च राप्ती प्रेस मञ्चको आयोजनामा महान् सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस समारोह आयोजना गर्न लागेको हो । सन् २०६० जेठ १३ गते शहीद भएका इच्छुकको योगदानलाई स्मरण गर्दै आगामी २०८२ जेठ १३ गते मंगलबार बिहान ठिक ७स्०० बजे देउखुरीको भालुवाङ स्थित इच्छुकचोक पुलचोक बजार स्थित इच्छुकको सालिक परिसरमा स्मृति सभा आयोजना गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

देशको लोकतान्त्रिक रूपान्तरण, समावेशिता र समानताको पक्षमा आवाज उठाउँदै जीवन आहुति दिएका शहीद इच्छुकको योगदान प्रति सम्मान प्रकट गर्दै स्मृति दिवस मनाउन लागिएको आयोजकले जनाएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरलाई निमन्त्रणा गरिएको मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीले जानकारी दिएका छन् ।

मञ्चका अध्यक्ष अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले सभामुखलाई भेट गरी निमन्त्रणा गरेका हुन् । कार्यक्रममा दाङ–देउखुरीका साथै अर्घाखाँची,प्यूठान र कपिलवस्तुबाट पनि इच्छुकका सहपाठी,साथीभाइ,स्रष्टा तथा शुभेच्छुकहरुको उपस्थितिका लागि चुले निम्तो दिइएको छ । राप्ती प्रेस मञ्चले सबैलाई स्मृति कार्यक्रममा सहभागी भई शहीद इच्छुक प्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक आग्रह गरेको छ । यस्तै मञ्चले जेठ १५ गते राप्ती गाउँपालिका–५ सिसहनियाँ बजारमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन लागेको छ । दिवसका अवसरमा सम्पूर्णलाइ निमन्त्रणा समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]