
Sgp
Lnp
Ggp
lnp
Rgp
Lks
Dbs
Usb
Jns
Asb
Rgp
Pbu
ksb
Ggp
Dus
Rgp
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा बिहीबार वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण (२९ नम्बर हेडक्वाटर), भालुबाङको परिसरमा विभिन्न प्रजातिका करिब ८० भन्दा बढी फलफूलका बिरुवाहरु रोपिएका छन् ।
गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालका अनुसार कटहर,आँप,अम्बा,लिची गुलमोहर, पारिजात,राजवृक्ष, कल्की,शीतल चिनी,निम लगायतका बिरुवाहरु रोपिएका हुन् ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक,वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी,सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुबाङका प्रहरी उपरीक्षक मनोज कुमार धिताल,इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी लगायत अन्य कर्मचारी तथा सशस्त्र प्रहरीहरूको सक्रिय सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत पाठकले जैविक विविधता मानव जीवनको अस्तित्वसँग प्रत्यक्षरुपमा जोडिएको उल्लेख गर्दै प्रकृतिसँगको सन्तुलन र दिगो विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । जैविक विविधता दिवसको यस वर्षको नारा “प्रकृतिसँगको सन्तुलन र दिगो विकास” रहेको छ।
जैविक विविधता दिवस हरेक वर्ष मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनबाट जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरिएको थियो । सोही सम्झनामा सन् १९९४ देखि यो दिवस विश्वभर मनाइँदै आइरहेको छ ।
